Breast cancer risk factors, and how to lower your risk

स्तन क्यान्सरको जोखिम के-केले बढाउँछ, र कसरी घटाउने?

जोखिम कारकले स्तन क्यान्सरको सम्भावना बढाउँछ, तर यसको अर्थ तपाईंलाई क्यान्सर हुन्छ भन्ने होइन। स्तन क्यान्सर हुने धेरै महिलामा महिला हुनु र उमेर बढ्नुबाहेक अरू कुनै जोखिम कारक हुँदैन।

स्तन स्वास्थ्य जानकारी

बदल्न नसकिने कारण

  • उमेर बढ्नु: उमेरसँगै जोखिम बढ्छ
  • आमा, दिदीबहिनी वा छोरीलाई स्तन वा डिम्बाशयको क्यान्सर भएको
  • BRCA1 वा BRCA2 जस्ता जीनमा वंशाणुगत परिवर्तन
  • सानै उमेरमा (१२ वर्षअघि) महिनावारी सुरु हुनु, वा ढिलो (५५ वर्षपछि) महिनावारी बन्द हुनु
  • बाक्लो स्तन तन्तु
  • सानो उमेरमा छातीमा विकिरण उपचार गरिएको

फरक पार्न सकिने कुरा

  • सक्रिय रहनुहोस्: धेरैजसो दिन कम्तीमा ३० मिनेट छिटो हिँड्ने वा यस्तै व्यायाम गर्नुहोस्
  • स्वस्थ तौल कायम राख्नुहोस्, विशेषगरी महिनावारी बन्द भएपछि
  • मद्यपान नगर्नुहोस्, वा सकेसम्म कम गर्नुहोस्
  • धुम्रपान नगर्नुहोस्
  • सक्नुहुन्छ भने स्तनपान गराउनुहोस्: जति लामो समय गराउनुहुन्छ, त्यति बढी सुरक्षा हुन्छ
  • महिनावारी बन्द भएपछि हर्मोन थेरापी लिनुअघि चिकित्सकसँग सल्लाह लिनुहोस्

परिवारमा स्तन क्यान्सरको इतिहास छ भने

परिवारमा कसलाई र कुन उमेरमा क्यान्सर भएको थियो, चिकित्सकलाई बताउनुहोस्। तपाईंले सामान्यभन्दा पहिले वा बढी पटक स्क्रिनिङ गराउनुपर्ने हुन सक्छ, र कतिपय परिवारलाई आनुवंशिक परीक्षणको सल्लाह दिइन्छ।

जोखिम कम हुनु भनेको जोखिम नहुनु होइन

स्वस्थ बानीले जोखिम घटाउँछ, तर पूरै हटाउन सक्दैन। आफ्नो शरीर चिन्नु र स्क्रिनिङ गराउनु नै स्तन क्यान्सर छिट्टै पत्ता लगाउने उत्तम उपाय हुन्।

यो पृष्ठ सामान्य जानकारी हो। यो निदान होइन, र योग्य स्वास्थ्यकर्मीको सल्लाहको विकल्प पनि होइन।

Set aside fifteen minutes for yourself.

आफ्नै लागि १५ मिनेट छुट्याउनुहोस्