Breast pain: common causes and when to see a doctor

स्तन किन दुख्छ? कारण र कहिले चिकित्सककहाँ जाने

धेरैजसो महिलाको स्तन कुनै न कुनै बेला दुख्छ। दुखाइ मात्र भएमा यो विरलै क्यान्सरको लक्षण हुन्छ, तर केही खालका दुखाइ भने जँचाउनु राम्रो हुन्छ।

स्तन स्वास्थ्य जानकारी

महिनावारीसँग जोडिएको दुखाइ

यो सबैभन्दा सामान्य प्रकार हो। महिनावारी हुनुअघिका दिनमा दुवै स्तन गह्रौं, सुन्निएको वा छुँदा दुख्ने हुन सक्छन्, र महिनावारी सुरु भएपछि ठीक हुन्छ। यो सामान्य हर्मोन परिवर्तनले हुन्छ।

अन्य सामान्य कारण

  • नमिल्ने वा राम्रो सहारा नदिने ब्रा
  • गर्भावस्था र स्तनपान, जसमा दूधनली बन्द हुनु र संक्रमण (म्यास्टाइटिस) पनि पर्छन्
  • छातीको मांसपेशी तन्किनु, वा करङबाट आएको तर स्तनमै दुखेजस्तो लाग्ने दुखाइ
  • केही औषधि, जस्तै हर्मोनयुक्त परिवार नियोजनका साधन र हर्मोन थेरापी
  • सिस्ट, जुन छुँदा दुख्न सक्छन्

दुखाइ कम गर्ने उपाय

  • मिल्ने र राम्रो सहारा दिने ब्रा लगाउनुहोस्, आवश्यक लागे राति नरम ब्रा लगाउनुहोस्
  • तातो वा चिसो सेक लगाउनुहोस्
  • सामान्य दुखाइ कम गर्ने औषधिबारे औषधि पसल वा चिकित्सकसँग सोध्नुहोस्
  • दुखाइ महिनावारीसँग मेल खान्छ कि हेर्न, दुखाइ कहिले हुन्छ टिपोट गर्नुहोस्

यो पृष्ठ सामान्य जानकारी हो। यो निदान होइन, र योग्य स्वास्थ्यकर्मीको सल्लाहको विकल्प पनि होइन।

Set aside fifteen minutes for yourself.

आफ्नै लागि १५ मिनेट छुट्याउनुहोस्